बयासी प्रतिशतले नाफा बढाएको बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ

0
Shares

ग्रीन डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झण्डै ८२ प्रतिशत नाफा वृद्धि गरेको विवरण सार्वजनिक गरेको छ । नाफामा उच्च सुधार आएपछि बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँबाट बढेर ४ रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षकोे तुलनामा ८१.९९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी, संचालन नाफामा आएको सुधार तथा खराब कर्जा घटेपछि नाफामा सुधार आएको हो । उच्चदरले नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी दोब्बर पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँबाट ४ रुपैयाँ पुगेको छ ।

५० करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ करोड ७६ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा ५० लाख १ हजार रुपैयाँ र शेयरधनी कोषमा ९६ लाख ५२ हजार रुपैयाँ रहेको छ।

एक अर्ब ३० करोड निक्षेप संकलन गरेको बैंकले एक अर्ब १४ करोड कर्जा लगानी गरेको छ । बैंकको खराबकर्जा ३.८१ प्रतिशतबाट घटेर १.८५ प्रतिशतमा झरेको छ। बैंकको आधारदर र स्प्रेडदर समेत घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।