सानिमा माइ हाइड्रोपावरको नाफा ५९ प्रतिशतले बढ्यो

0
Shares

सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्ष ०७६/०७७ मा ३६ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको गरेको छ।

कम्पनीको नाफा अघिल्लो वर्षको भन्दा ५९.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २३ करोड १२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।

सानिमाको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १८.७१ प्रतितशले बढेर ८६ करोड ७ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ७२ करोड ५० लाख रुपैयाँ कमाएको थियो।

कम्पनी चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा ३२ लाख ७४ हजार रुपैयाँ तथा रिटेन्ड अर्निङ शीर्षकमा ६५ करोड ६४ लाख रुपैयाँ राखेको छ।

नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४३ पैसा पुगेको छ। जसको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८४ पैसा छ ।

Particulars Sanima Mai Hydropower Company Limited (Rs in ‘000) 
Q4, 2076/2077 Q4,2075/2076 Difference
Paid-up capital 2,553,100.00 2,321,000.00 10.00%
Retained Earnings 656,434.99 533,087.29 23.14%
Net Profit 368,384.63 231,218.12 59.32%
EPS (In Rs.) 14.43 9.96 44.88%
Net worth per share (In Rs.) 125.84 122.96 2.34%
Income from Sale of Electricity 860,784.01 725,082.58 18.72%
Finance Income 13,625.06 50,555.86 -73.05%
Operating and Administrative expenses 175,725.82 180,607.30 -2.70%
Finance Costs 241,991.71 278,788.07 -13.20%
Operating Profit 605,656.18 475,054.95 27.49%
Plant Property and Equipment 18,748.82 15,567.88 20.43%
Investment in Term Deposits 77,894.57 228,935.38 -65.98%
Qtr End P/E Ratio (times) 15.45 22.45 -31.18%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।