प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको ५० लाख


युनिलिभर नेपाल कम्पनीले बाढी र पहिरोका पीडितहरूलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित छ । यस्ता प्रयासहरू मार्फत, युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: ६ कात्तिक २०८१, मंगलबार  ११ : ५६ बजे