इन्भेष्टमेन्ट बैंकले साढे दुई अर्ब नाफा कमाउँदा बाड्न मिल्ने ६५ करोड


नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष ०७६/०७७ मा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २२ प्रतिशत कम हो ।  

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा ६५ करोड २३ लाख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा वितरण योग्य नाफा ५३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरण योग्य नाफा एक अर्ब ३९ करोड थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा नाफामा गिरावट आएको हो । बैंकको नाफा घटेपछि प्रतिशेयर आम्दानी २६.४३ रुपैयाँबाट १८.०७ रुपैयाँमा झरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६.६९ प्रतिशत घटेर ५ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकको संचालन नाफा पनि १२ प्रतिशतले घटेर ३ अर्ब ६३ करोडमा सिमीत भएको छ । बैंकको अन्यखर्चहरु समेत बढेको छ ।

गत असार मसान्तसम्म बैंकले १ खर्ब ६६ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब रुपैयाँ ४५ करोड कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप ११.३६ प्रतिशत तथा कर्जा १०.२५ प्रतिशतले बढेको हो।

हाल १४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४१ करोड रुपैयाँ छ। बैकको चुक्तापूँजी करिब ११ प्रतिशतले बढ्दा जगेडामा ८ प्रतिशत बढीको सुधार छ । जसको रिटन अर्निङमा १ अर्ब ६२ करोड रुपैयाँ छ ।

बैंकको प्रतिशेयर नेटवर्थ भने १९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २४ गुण छ। बैंकको पूँजी कोष अनुपात १३.२३ प्रतिशत छ भने कोषको लागत ५.८५ प्रतिशत छ। त्यस्तै, बैंकको आधार दर ७.५१ प्रतिशत रहेको छ भने स्प्रेड दर ३.९९ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७१.९३ प्रतिशत छ । बैंकको खराब कर्जा २.९१ प्रतिशत छ ।

 

Particulars Nepal Investment Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference 
Paid Up Capital 14,248,955 12,869,749 10.72%
Reserves 11,415,595 10,539,136 8.32%
Retained Earnings 1,623,100 2,064,662 -21.39%
Profit/(Loss) for the Year 2,571,652 3,324,113 -22.64%
EPS (In Rs.) 18.07 26.43 -31.63%
Net Worth per Share (In Rs.) 192 199 -3.52%
Deposits from Customers 166,362,126 149,392,282 11.36%
Loans & Advances to Customers 135,457,513 122,866,554 10.25%
Net Interest Income 5,760,197 6,173,506 -6.69%
Impairment Charge/(Reversal) 1,880,141 1,596,610 17.76%
Operating Profit 3,636,141 4,133,374 -12.03%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 652,366 1,390,683 -53.09%
Capital Adequacy Ratio (CAR) % 13.23 13.26 -0.23%
NPL % 2.91 2.78 4.68%
CCD (as per NRB Directives) % 71.93 71.97 -0.06%
Cost of Fund (%) 5.85 6.31 -7.29%
Base Rate (%) 7.51 8.33 -9.84%
Qtr End PE Ratio (times) 24 20 20.00%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।