काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा ५५ रुपैयाँले घटेसँगै प्रतितोला ५ हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४४५.४९ अमेरिकी डलर र चाँदी ७२.७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया