नेप्सेमा ४० लाख १४ हजार ६५१ कित्ता शेयर सूचीकरण

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा यस साता नेपाल इन्स्योरेन्सको ४० लाख १४ हजार ६५१ दशमलव ५८ हकप्रद शेयर कारोबार लागि सूचीकृत भएको छ।

नेपाल इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरको हकप्रद शेयर कारोबारका लागि सूचीकरण गराएको हो। गत फागुन २१ गतेदेखि चैत २५ गतेसम्म नेपाल इन्स्योरेन्सले दश बराबर ६.५ कित्ता
अनुपातमा हकप्रद शेयर बिक्री भएको थियो।