सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कात्तिक २२ गते बिहीबार, छठको बिदा भएकोले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंकले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ।  सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति: २१ कात्तिक २०८१, बुधबार  ०७ : ०९ बजे