खर्च तथा प्रोभिजनिङ बढ्दा गरिमा बैंकको नाफा ९ प्रतिशतले घट्यो


गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७६/०७६ मा ५३ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा भन्दा ९.२७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५९ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकले एक अर्ब ६२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी अघिल्लो आवको तुलनामा करिब २२ करोड रुपैयाँले धेरै हो । अघिल्लो आवमा बैंकले एक अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

गत आवमा बैंकको कर्मचारी खर्च ८ करोड, अन्य सञ्चालन खर्च ४ करोड र डिप्रिसियसन खर्च २ करोड बढेको छ । यो अवधिमा बैंकले कर्मचारीमा ५० करोड ९६ लाख, अन्य सञ्चालन खर्चमा २९ करोड ५८ लाख र डिप्रिसियसनमा ८ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ ।

कोरोनाका कारण ठप्प रहेका उद्योग धन्दालाई राहत तथा सहुलियत दिनु पर्दा बैंकको आम्दानीमा असर पुगेको हो । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायलाई ब्याजदरमा छुट दिने तथा कर्जा तिर्ने समय अवधि थप गरेपछि बैंकहरुको आम्दानी प्रभावित भए पनि गत आवमा बैंकको वितरण योग्य नाफा ३४ करोड २४ लाख रुपैयाँ छ ।

गत आवमा बैंकले जोखिम व्यवस्था वापत २६ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो आवमा बैंकले उक्त शिर्षकमा ९ करोड ८८ लाख रुपैयाँ छुट्याएको थियो ।

हाल चुक्ता पूँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको बैंकको सञ्चित कोषमा ७२ करोड ६ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा बैंकले ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

अघिल्लो आवमा बैंकको प्रतिशेयर आम्दानी २१.३२ रुपैयाँ रहेको गत आवमा घटेर १६.६५ रुपैयाँमा सीमित भएको छ । गत आवमा प्रतिशेयर नेटवर्थ १३३.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.३९ गुणा छ । गत आवमा बैंकको कष्ट अफ फण्ड ७.१६ प्रतिशत, आधार दर ९.३१ प्रतिशत छ । स्प्रेड रेट ४.९५ प्रतिशत रहेको बैंकको खराब कर्जाको हिस्सा ०.८७ प्रतिशत छ ।

 

Particulars Garima Bikas Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference 
Paid Up Capital 3,238,689 2,788,368 16.15%
Reserves 720,637 517,324 39.30%
Retained Earnings 352,763 484,724 -27.22%
Profit/(Loss) for the Year 539,307 594,424 -9.27%
EPS (In Rs.) 16.55 21.32 -22.37%
Net Worth per Share (In Rs.) 133.15 135.46 -1.71%
Deposits from Customers 42,433,022 2,976,509 1325.60%
Loans & Advances to Customers 34,949,357 28,210,992 23.89%
Net Interest Income 1,623,344 1,401,933 15.79%
Impairment Charge/(Reversal) 269,546 98,876 172.61%
Operating Profit 762,325 864,622 -11.83%
Distributable Profit/ (Loss)  342,420 453,113 -24.43%
Capital Adequacy Ratio (CAR) % 13.2 14.43 -8.52%
NPL % 0.87 0.2 335.00%
CCD (as per NRB Directives) % 69.5 77.91 -10.79%
Cost of Fund (%) 7.16 8.69 -17.61%
Base Rate (%) 9.31 11.09 -16.05%
Qtr End PE Ratio (times) 13.39 10.55 26.92%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।