सिनर्जी पावर डेभलपमेन्टको नाफामा आकर्षक सुधार

0
Shares

सिनर्जी पावर डेभलपमेन्टको विद्युत बिक्री आम्दानी बढेपछि नाफामा आकर्षक सुधार देखिएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६।७७ मा १० करोड ९३ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड २७ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको यस कम्पनीले ७४.२५ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको हो।

कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा ४ करोड ४२ लाख धेरै अर्थात २३ करोड ६२ लाख २९ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ।

विगतका वर्षहरुमा भन्दा गत आवमा पानीको प्रवाहमा सुधार भएका कारण विद्युत उत्पादनमा वृद्धि भएको तथा उर्जा मन्त्रालय मार्फत प्राप्त गर्नुपर्ने सूचीकृत दर वापतको ७ करोड ९७ लाख रुपैयाँ प्राप्त भएको र ५ करोड रुपैयाँ प्राप्त हुनु पर्नेमा देखाइएको जनाएको छ।

साथै १३२ केभी प्रसारण लाइन तथा सिंगटी सब स्टेशनको चालु आवमा पूरा हुने भएकाले आगमी वर्षबाट पूर्ण क्षमतामा आयोजना सञ्चालन हुनेमा कम्पनी आशावादी रहेको छ।

यस्तै गत आवमा कम्पनीले १२ करोड ६८ लाख ६५ हजार रुपैयाँ आयोजना निमार्ण तथा ममर्त सम्भार तथा अन्य खर्च गरेको छ।

चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.६३ रुपैयाँ कायम हुँदा कम्पनीको जगेडा कोष पहिलो पटक सञ्चित नोक्सानी सकिएर ३ करोड ६१ लाख २८ हजार रुपैयाँले धनात्मक बनेको छ। सञ्चित नोक्सानी सकिएसँगै कम्पनीले चालु आवबाट शेयरधनीलाई लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको देखिन्छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १०५.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.२७ गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।