हिमालयन ८०–२० को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । हिमालयन ८०–२० को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। जसको लागि फण्डले भोली अर्थात असोज ६ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०९ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।