काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो ।
शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३६६.२१ अमेरिकी डलर र चाँदी ६६.१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






प्रतिक्रिया