नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो । “१५ दिनभित्र टाइम अफ डे ९टिओडी० मिटरका आधारमा बक्यौता असुलउपर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ,” प्रधिकरणका अध्यक्ष समेत रहेका ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए भने ।
उनले प्राधिकरणले विद्युत् प्रयोग गरेवापत बिल दिनुपर्ने र व्यवसायीले सोअनुसार रकम तिर्नुपर्ने बताए । “बिल दिन सकेन भने प्राधिकरणका कर्मचारीमाथि कारबाही हुन्छ, तिर्नुपर्ने पैसा तिरेन भने व्यवसायीमाथि कारबाही हुन्छ,” मन्त्री खड्काको भनाइ छ ।
प्रतिक्रिया