साना किसान विकास लघुवित्तको नाफा साढे ११ प्रतिशतले बढ्दा जगेडा कोष झनै मजबुत

0
Shares

साना किसान विकास लघुवित्त (SKBBL) को गत आव २०७६/७७ मा खुद नाफामा ११.५४ प्रतिशतले बढोत्तरी हुँदा लघुवित्तको जगेडा कोषको आकार ३८.३३ प्रतिशतले बढेर झनै मजबुत बनेको छ ।

समीक्षा अवधिमा अघिल्लो आवको बोनस पूँजीकरण नगरेकाले कम्पनीको चुक्ता पूँजी १ अर्ब २ लाख २९ हजारमा सीमित रहँदा उसको वार्षिक प्रतिशेयर आम्दानीमा पनि बढेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानीमा ५.६७ रुपैयाँको वृद्धि भई ५४.८१ रुपैयाँ पुगेको छ।

यस्तै सरकारले गरेको लकडाउनका कारण कर्जा असुली प्रभावित भई खराब कर्जा अनुपात बढ्दा जोखिम व्यवस्थापन बढेको छ। यस अवधिमा कम्पनीको खराब कर्जा अनुपात ०.०४ बाट ०.६८ प्रतिशतमा बढ्दा जोखिम व्यवस्थापन ८ करोड ८८ लाख बढेर १६ करोड ३४ लाख पुगेको छ।

असार मसान्तसम्ममा लघुवित्त कम्पनीले १९ अर्ब ४२ करोड ७३ लाख २७ हजार रुपैयाँ सापटी लिएर २१ अर्ब ३७ करोड २२ लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको सापटी १० र कर्जा लगानीमा ४.४७ प्रतिशतको बढोत्तरी देखिन्छ।

Particulars  Sana Kisan Laghubitta Bittiya Sanstha (Rs  in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 1,000,229.00 1,000,229.00 0.00%
Reserve & Surplus 1,974,139.00 1,427,075.00 38.33%
Net Profit 548,221.00 491,516.00 11.54%
EPS (In Rs.) 54.81 49.14 11.54%
Net Worth per Share (In Rs.) 297.37 242.67 22.54%
Borrowings 19,427,327.00 17,650,340.00 10.07%
Loans & Advances 21,372,293.00 20,457,060.00 4.47%
Net Interest Income 1,116,230.00 919,864.00 21.35%
Provision for possible losses 163,451.00 74,579.00 119.16%
Operating Profit 821,572.00 743,807.00 10.45%
NPL (%) 0.68 0.04 1600.00%
PE Ratio (times) 23.74 15.18 56.39%

 

व्यवसाय विस्तार भए पनि राष्ट्र बैंकले घोषणा गरेको ब्याज छुट तथा कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणका बाबजुत लघुवित्तको खुद ब्याज आम्दानीमा २१.३५ प्रतिशत सुधार देखिएको छ। यस अवधिमा कम्पनीले १ अर्ब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २९७.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.७४ गुणा, र कोषको लागत ५.६६ प्रतिशत छ।

तिनकुने काठमाण्डौंमा केन्द्रीय कार्यालय रही लघुवित्तले आगामी दिनमा व्यावसायिक विविधिकरण तथा ग्राहकको चाहना बमोजिमको वित्तीय एवं गैरवित्तीय सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।