काठमाडौं । सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्न सुरु गरेको छ ।
पुरानो नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने उदेश्यले साउन १ गतेदेखि लागु गरेको उक्त व्यवस्था आजदेखि लागु भएको हो ।
ईडीएलभीआरएसमा ‘अपलोड’ भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यसले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा मधेस प्रदेशका तीन हजार ८१ सवारीचालक अनुमतिपत्र छपाइ गरी वितरणका निम्ति हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।
सवारीचालक अनुमतिपत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैँ छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेस सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार (असोज २) सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारीचालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ ।






प्रतिक्रिया