शिखर इन्स्योरेन्सको जगेडाकोष दोब्बर, प्रतिशेयर आम्दानी साढे ४२ रुपैयाँ

0
Shares

शिखर इन्स्योरेन्स (SICL) ले गत आर्थिक वर्ष ०७६/०७७ मा ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सको नाफा ६.३९ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ३१ लाख खुद नाफा कमाएको थियो। गत आवको यसै अवधिको तुलनामा खुद नाफा दुई करोड ७० लाख वृद्धि हुँदा इपिएसमा २.५६ रुपैयाँले सुधार आएको हो। इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ४२.५८ पैयाँ कायम गरेको छ। 

चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको पूँजी स्थिर रहेका कारण पनि इपिएस बलियो बनेको हो।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ८३ करोड ६३ लाख, बीमा कोषमा १ अर्ब ५ करोड र महाविपत्ती कोष ९ करोड ४३ लाख छ । अघिल्लो आवको तुलनामा कम्पनीको जगेडाकोष दोब्बर पुगेको छ ।

गत आर्थिक वर्षमा इन्स्योरेन्सले १ अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। कोरोना संक्रमणका लागि देश लकडाउनमा गएसँगै १० करोडले घटेको हो।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कमिशनबाट ५८ करोड ८२ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट १२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ।

गत असार मसान्तसम्म कम्पनीले कूल २ लाख ५९ हजार ५७४ वटा बीमालेख जारी गरेको छ। इन्स्योरेन्सले ३ अर्ब ५२ करोड कूल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा ३ अर्ब ५१ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले १४ हजार ४७० वटा दाबी बापत परेको १ अर्ब ६७ ६ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्दा ३ हजार १८२ वटा दाबी बापत ८० करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर नेटवर्थ २८८.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.९३ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

इन्स्योरेन्सले गत असार १४ गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । सो हकप्रद पूँजीकरण हुन बाँकी छ । हाल १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।