निर्धन उत्थानको प्रतिशेयर आम्दानी ४२ रुपैयाँले घट्यो, कोरोनाको असर

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६र७७ को मा २८ करोड ४३ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६१.५५ प्रतिशतले कम हो ।

लघुवित्तले अघिल्लो आवको अन्त्यसम्म ७३ करोड ९५ लाख खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा बढेको हो। कम्पनीको खराब कर्जा पनि बढेको छ ।

लघुवित्तको पूँजीवृद्धिको अनुपातमा नाफा खस्केपछि प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ६७ पैसा अर्थात ६९ प्रतिशतले घटेर १८ रुपैयाँ ९६ पैसामा झरेको छ।

लघुवित्तले यस अवधिसम्म १३ अर्ब ३४ करोड निक्षेप संकलन तथा ६ अर्ब ९४ करोड कर्जा सापटी गरेर २० अर्ब १५ करोड कर्जा विस्तार गरेको छ । जसबाट लघुवित्तले एक अर्ब ४९ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको सञ्चालन मुनाफा ४४ करोड ७१ लाख रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ८५ करोड रहेको छ। लघुवित्तको निष्कृय कर्जा अनुपात सामान्य बढेर १.८३ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी १८.९६ रुपैयाँ र नेटवर्थ २२३.३५ रुपैयाँ छ । त्यसैगरी मूल्यआम्दानी अनुपात ५३.५४ गुणा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।