सिटिजन्स बैंकद्वारा कोरोना रोकथाम कोषमा थप २० लाख सहयोग प्रदान

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेको हो ।

यस अघि पनि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम,नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले रु ४९ लाख , विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख गरि हालसम्म कुल रु ६१ लाखको सहयोग गरिसकेको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख पुगेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।