भारतमा कोरोना भाइरसबाट थप ६४ हजार सङ्क्रमित

0
Shares

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन्।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका छन्।

सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार २७४ पुगेको मन्त्रालयको तथ्यांक छ।

कुल सङ्क्रमितमध्ये भारतमा अहिले पनि ६ लाख ७६ हजार ५१४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार ८७१ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा कोरोना भाइरसकै कारण अहिलेसम्म ५२ हजार ८८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरी ३ करोड १७ लाख ४२ हजार ७८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ भदौ २०७७, बुधबार  १६ : ०७ बजे