उपत्यकाका सबै बैंकका शाखा बन्द गर्ने बैंकर्स संघको निर्णय

0
Shares

नेपाल बैंकर्स संघले बैंक वित्तीय संस्थाका कर्मचारीलाई पनि कार्यालय आउने जाने अवस्था नरहेपछि सम्पूर्ण बैंकका शाखा बन्द गर्ने निर्णय गरेको छ ।

बैंक वित्तीय संस्थाका कर्मचारीलाइ कार्यालय आउनेक्रममा प्रशासनका कर्मचारीले अभद्र ब्यवाहार गरेपछि संघले बैंकिङ सेवा नै बन्द गर्ने निर्णय गरेको हो ।

बैंकिङ सेवा अत्यावश्यकीय क्षेत्र भित्र पर्ने भएकाले नेपाल राष्ट्र बैंकले पनि सिमित कर्मचारी मार्फत सेवा प्रदान गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

त्यतीमात्र नभई केन्द्रीय बैंकले गृहमन्त्रालय तथा काठमाडौ, ललितपुर भक्तपुरका प्रमूख जिल्ला अधिकारीलाइ समेत बैंकका कर्मचारीलाई सहज आवागमनको व्यवस्था गर्न अनुरोध समेत गरेको छ ।

बुधबार राति १२ बजेदेखि स्थानीय सरकारले काठमाडौ उपत्यकामा भदौ १० गते सम्म निषेधाज्ञा जारी गरेको छ ।

केन्द्रीय बैंकले सम्बन्धित निकायहरुमा अनुरोध गरेको भएपनि बिहीबार नै बैंक वित्तीय संस्थाका कर्मचारी कार्यालय आउने क्रममा प्रहरीले रोकेपछि संघले उपत्यकाका सबै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको एक बैंकरले जानकारी दिए । बैंकका सबै शाखा बन्द भएपछि चेक क्लियरीङको काम पनि रोकिन्छ ।यसका साथै अन्तराष्ट्रिय ब्यापारका काम पनि नहुने ति बैंकरको भनाई छ ।

उपत्यकाका तीन जिल्लाका प्रमूख जिल्ला अधिकारीले गरेको निर्णय अनुसार पनि बैंकिङ सेवा अत्यावश्यक क्षेत्र अन्तर्गतको भएको हुनाले सिमित कर्मचारीवाट सेवा दिने व्यवस्था गरेको छ । तर, सेवा दिनका लागि कार्यालय जाने क्रममा कर्मचारीलाइ बाटोमा रोकेपछि बिहीबारका लागि बैंकिङ सेवा ठप्प हुने भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।