काठमाण्डौं उपत्यकामा २ सय सहित ७०७ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

0
Shares

पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा २ सय सहित देशभर ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका ७ सय ७ जना समेत देशभर हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको जानकारी दिए। काठमाडौं उपत्यकामा मात्र कुल संक्रमितको संख्या २६९९ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार हालसम्म ५ लाख ६६ हजार २ सय २० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । अझै ११ हजार ७ सय ६८ जना क्वारेन्टिनमा रहेका छन । हालसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भदौ २०७७, बिहीबार  १६ : ३७ बजे