प्रहरीले कर्मचारीलाई अवरोध नगर्ने भएपछि बैंकहरु आधारभूत सेवा दिन तयार

0
Shares

स्थानीय सरकारले निषेधाज्ञा गरेको भएपनि बैंकहरुले भने आधारभूत बैंकिङ सेवा प्रदान गर्ने भएका छन । प्रहरीले कर्मचारीलाई बाटैमा रोकिएपछि बैंकहरुले बिहीबार बैंकिङ सेवा बन्द गरेका थिए ।

गृह प्रशासनले नै बैंकका कर्मचारीहरुलाई अवरोधन नगर्न सकुर्लर जारीगरेपछि बैंकहरुले शुक्रबारदेखि सिमित शाखाबाट सेवा सुचारु गर्ने भएका हुन् ।

बिहीबार कर्मचारी कार्यालय जान प्रहरीले अबरोध गरेपछि रोकिएको बैंकिङ सेवा शुक्रबारदेखि सुचारु हुने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सुरक्षा निकायहरुसंग समन्वय भएपनि बिहीबार बैंकका कर्मचारीको आवागमनमा अवरोध सृजना भएको हुनाले सेवा रोकिएको थियो।

बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा आवत-जावत गर्न दिइने गृह प्रशासनले जनाएको छ । “शुक्रबार हरेक बैंकका काठमाडौमा ५ शाखा, ललितपुरमा एक र भुक्तपुरमा २ गरी उपत्यका भित्र कुल ८ शाखा खुल्नेछन,” दाहालले भने ।

बैंकका कर्मचारीलाई आवागमनमा अबरोध नगर्न निर्देशन गृहमन्त्रालयले जारी गरेको छ । मन्त्रालयले तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आधारभूत बैंकिङ सेवा प्रदान गर्न समन्वय गर्न समेत अनुरोध गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।