बैंक अफ काठमाण्डू र सप्तकोशी डेभलपमेन्ट बैंकको ब्याजदर परिमार्जन

0
Shares

बैंक अफ काठमाण्डू र सप्तकोशी डेभलपमेन्ट बैंकको ब्याजदर परिमार्जन गरी आइतबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ्ग प्रणालीमा अधिक तरलता हुन थालेपछि पछिल्लो समय बैंकहरुले धमाधम निक्षेप तथा कर्जा दुबैको ब्याजदर घटाइरहेका छन्। यहि क्रममा बिओके र सस्तकोशीको पनि नयाँ ब्याजदर सार्वजनिक गरिएको छ।

बैंक अफ काठमाण्डू (BOKL)

बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर अनुसार बचत खातामा २ देखि अधिकतम ३.५० प्रतिशत मात्र ब्याज दिने भएको छ। बैंकले कल खातामा २ प्रतिशतसम्म तथा व्यक्तिगत मुद्दती निक्षेपतर्फ व्यक्तिगत मुद्दती निक्षेपतर्फ तीन महिने अवधिमा ६.२५ प्रतिशत, ६ महिनादेखि १ वर्षकोमा ७ र १ वर्षभन्दा धेरै अवधिमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिने भएको छ।

संस्थागत मुद्दती निक्षेपमा भने बैंकले तीन महिने अवधिमा ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्षकोमा ५.५० र १ वर्षभन्दा धेरै अवधिमा अधिकतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। नवीकरण हुनेको हकमा थप ०.१० प्रतिशत ब्याजद पाइने बैंकले जनाएको छ।

किसान बैंकिङ्ग सेवा र रिकरिङ्ग डिपोजिटमा भने बैंकले ६ प्रतिशत ब्याज उपलब्ध गराउने जनाएको छ। अमेरिकी डलरमा खुला गरिने खातामा १.२५ प्रतिशत ब्याज पाइनेछ।

कर्जा लगानीतर्फ भने बैंकले न्यूनतम आधार ब्याजदर तथा अधिकतम आधार ब्याजदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्भ गराउने जनाएको छ। बैंक अफ काठमाण्डूमा मुद्दती बचत राखेक ग्राहकलाई आधार ब्याजदरमा नै कर्जा लगानी गर्ने जनाएको बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा हाउजिङ्ग लोन उपलब्ध गराउने जनाएको छ।

बैंकले वर्किङ्ग क्यापिटल, टर्म लोन, रिटेल लोन (हाउजिङ्ग, एजुशेकशन, हायर पर्चेज, १५ करोडभन्दा माथिको रेजिडेन्टल रियल स्टेट लोन), डेभलपमेन्ट क्रेडिट लोन (माइक्रोफाइनान्स, साना मझौला, कृषि, ब्याजदर सहुलियतमा प्रवाह हुने कर्जा), सरकारी ऋणपत्र, बैंक गयरेन्टीमा प्रवाह हुने, कर्जामा पनि कर्जाको प्रकृति र समयावधि हेरी अधिकतम ५ प्रतिशतभन्दा धेरै प्रिमियम नलाग्ने जनाएको छ।

यस्तै सुनचाँदी धितो, शेयर धितोकर्जा, किओके प्रोफेशनल लोन र अन्य प्रकारका कर्जाहरुमा पनि ५ प्रतिशतसम्म प्रिमियम लाग्नेछ।

युएसडी टिआर लोन, ६ महिने लिबोरदरमा ३.५० प्रतिशतसम्म तथा अन्य युएसडी लोनमा लिबोरदरमा ४ प्रतिशतसम्म चार्ज लाग्नेछ। एक्सपोर्ट प्रि सिपमेन्ट कर्जामा १ वर्षको लिबारदरमा १.२५ प्रतिशतमा र अन्य वैदेशिक मुद्राको कर्जामा ३ देखि ७ प्रतिशतसम्मको  प्रिमियम  तोकिएको छ।

विसं २०७७ असार मसान्तसम्ममा बैंकको आधार ब्याजदर ८.७१ प्रतिशत र स्प्रेडदर ३.८१ प्रतिशत रहेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL)

सप्तकोशी डेभलपमेन्ट बैंकले पनि आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अधिकांश (११ प्रकारका खाता) मा ४ प्रतिशत र सप्तकोशी प्रिमियम बचत खाता र समृद्धि खातामा ४.२५ प्रतिशत ब्याज दिने भएको छ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार १२१ दिन र ६ महिना अवधिको मुद्दती बचतमा मासिक ब्याज भुक्तानी ८ प्रतिशत तथा त्रैमासिक ब्याज भुक्तानी ८.२५ प्रतिशत, १ वर्ष १६ महिना र २ वर्ष अवधिको मुद्दती बचतमा मासिक ८.२५ प्रतिशत तथा त्रैमासिक ब्याज भुक्तानी ८.५० प्रतिशत ब्याज पाइने उल्लेख छ। पाँच वर्षभन्दा बढी र अक्षयकोष खातामा भने आपसी सहमतिबाट ब्याजदर निर्धारण हुनेछ।

बैंकले एकमुष्ठ क्रमिक बचत खातामा एक वर्ष अवधिमा ७, दुई वर्षमा ७.५०, तीन वर्षमा ८, चार वर्षमा ८.२५ र पाँच वर्षमा ८.५० प्रतिशत ब्याज उपलब्ध हुनेछ।

बैंकले कर्जा लगानीतर्फ भने आधार ब्याजदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ।

विसं २०७७ असार मसान्तसम्ममा बैंकको आधार ब्याजदर ११.०४ प्रतिशत, कोषको लागत ६.३७ प्रतिशत र स्प्रेडदर ७.४१ प्रतिशत रहेको छ।