लिवर्टी इनर्जीको आईपीओ पनि सबैले २० कित्ता नपाउने

0
Shares

लिवर्टी इनर्जीको आईपीओमा लगानी गरेका सबै लगानीकर्ताले २० कित्ता शेयर पाउन पनि गोलाप्रथाको भर पर्नुपर्ने देखिएको छ। अन्तिम दिन आइतबार साढे ४ बजेसम्म परेको आवेदक संख्याको आधारमा नै यस्तो नतिजा आउने देखिएको हो।

इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलका अनुसार साढे ४ बजेसम्म १ लाख ८९ हजार बढी आवेदकबाट ७२ करोड ७६ लाख बढीको शेयर माग भएको छ। यो मेरो शेयर तथा सि आश्वा दुबैबाट परेको प्रारम्भिक तथ्याङ्क हो। मेरोशेयरबाट बेलुका ५ बजेसम्म पर्ने तथा बैंकबाट सि आश्वा मार्फत पर्ने तथ्याङ्कपछि अन्तिम तथ्याङ्क आउनेछ।

हालसम्म १ लाख ८९ हजार वटा आवेदन परिसकेकाले अब थपिने संख्याको आधारमा कम्पनीको आईपीओमा लगानी गरेका सबै आवेदकले १० कित्ता शेयर पाउनेछन् भने बाँकी रहने शेयर गोलाप्रथाबाट थप १० कित्ताका दरले मात्रत्र बाँडफाँड गर्न पुग्ने देखिन्छ।

कम्पनीले भदौ ३ गतेदेखि सर्वसाधारणमा ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर जारी गरेको थियो। स्थानीयलाई निष्काशन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत सर्वसाधारणमा थप गरी लिवर्टीले भदौ ७ गतेसम्म आइतबारसम्म शेयर बिक्री गरेको हो।

यी समाचारहरु पढ्न छुट्नु भयो कि !!!

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।