मञ्जुश्री फाइनान्सको लाभांश घोषणा


काठमाडौँ । मञ्जुश्री फाइनान्सले नगद लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुने छ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार  १३ : ५२ बजे