आइसिएफसि फाइनान्सको लाभांश घोषणा


आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ। फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने छ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार  ११ : १४ बजे