एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९२ हजार ३२० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीले र लिलाम बढाबढ प्रक्रियाद्वारा सेयर बिक्री गर्न लागेको हो ।
सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामीमा अन्य सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छैनन् ।
लगानीकर्ताले मंसिर २७ अर्थात आजदेखि माघ २ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने आवेदन दिन सक्ने छन् ।
सेयरको न्यूनत्तम मूल्य प्रति शेयर १५९ रुपैयाँ तोकिएको छ । त्यसअनुसार सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ ।
साथै बोलपत्र फाराम लाहाछाप लगाई शिलबन्दी गरिएको हुनुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन गर्नु पर्नेछ ।










प्रतिक्रिया