एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर बुधबारदेखि किनबेच गर्न पाइने, कतिमा खुल्छ कारोबार ?

0
Shares

केही समयअघि सर्वसाधारणमा शेयर निष्काशन गरेको एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको शेयर बुधबारदेखि नेप्सेमा खरीदबिक्री गर्न पाइने भएको छ ।

कम्पनीले मंगलबार एक करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर नेप्सेमा सूचीकरण गराएको छ । कम्पनीले शेयर सूचीकरण गराएसँगै अब उक्त शेयर किनबेच गर्न पाइने भएको हो ।

नेप्सले पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ । जसको कारोबारकोड एनआरएन (NRN) दिएको छ । कम्पनीले यसअघि नै शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गरिएको छ ।

कम्पनीको शेयर ३ लाख २० हजार ६१४ जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको थियो ।

कर्मचारीलाई छुट्याइएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर समेत सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।