काठमाडौँ उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी रहने

0
Shares

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा एक साता थप गरिने भएको छ ।  

बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको हो ।

योसँगै काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ १७ गतेसम्म कायम रहनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेकै अवस्थामा एक साता निषेधाज्ञा बढाइएको जानकारी दिए ।

यसअघि गत बुधबार रातिदेखि जारी गरिएको निषेधाज्ञा आज सकिँदै थियो ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन्
उपत्यकामा दिनहुँ संक्रमितको संख्या भने बढ्दै गएको छ। उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।