काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको ४ पुसमा बसेको २५१औं बैठकले गत वर्षको मूनाफाबाट सेयरधनीहरुलार्इृ १० प्रतिशत लाभांश घोषणा गरेको हो ।
आर्थिक वर्ष २०८१ असार मसान्तसमा कायम सेयर पूँजीको ९.५०७९ प्रतिशतका दरले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४ सय २६ रुपैयाँ बराबर बोनस सेयर र त्यसबापत लाग्ने कर प्रयोजनका लागि ०.५००४ प्रतिशतका दरले हुन आउने ५५ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ सेयरधनीलाई दिने निर्णय गरेको हो ।
सञ्चालक समिति बैठकले बैंकको १९औं वार्षिक साधारणसभा २७ पुसमा गर्ने र १६ देखि २७ पुससम्म सेयर दर्ता किताब बन्द गर्ने भएको छ ।
प्रतिक्रिया