प्रविधिको प्रयोगले शेयर लगानीकर्ता बढ्दै, अनलाइन प्रयोगकर्ता साढे ६४ हजार

0
Shares

नेपालको शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि अनलाइन प्रयोगकर्तासँगै सक्रिय लगानीकर्ताहरुको संख्या निरन्तर बढ्न थालेको छ ।

पछिल्लो दुई सातामा धितोपत्रको दोस्रो बजारमा १२ हजार ७५३ सक्रिय लगानीकर्ता थपिदा अनलाइन लिनेहरुको संख्या ७ हजार ४६० ले बढेको छ । योसँगै शेयर बजारमा सक्रिय लगानीकर्ताको संख्या भदौ ११ गते विहीबारसम्म २ लाख ८७ हजार ८५४ पुगेको छ भने अनलाइन प्रयोगकर्ताको संख्या ६४ हजार ६१६ पुगेको छ ।

पछिल्लो चरणमा प्राथमिक बजारमा साढे ५ लाख बढी लगानीकर्ताहरुले शेयर आवेदन गर्ने गरेको पाइएको छ । रिलयान्स लाइफको आईपीओमा हालसम्मकै सबैभन्दा बढी ५ लाख ८९ हजार ४६४ लगानीकर्ताले आवेदन गरेका छन् ।

लकडाउन पछि नियामक निकायले अनलाइन कारोबारलाई प्रोत्साहन गर्न थालेपछि दोस्रो बजारमा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या समेत निरन्तर बढ्न थालेको हो । धितोपत्र बोर्डले नयाँ आर्थिक वर्ष सुरुभएयता अनलाइन शेयर कारोबारलाई जोड दिँदै आएको छ ।

बोर्डले लगानीकर्ताहरूले शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरेपछि अनलाइन लिनेहरुको संख्या ह्वात्तै बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार साउन लागेयता मात्रै ३२ हजार बढी अनलाइन प्रयोगकर्ता थपिएका छन् ।

गत असार २८ गतेसम्म कुल ३१ हजार ९८८ जना शेयर लगानीकर्ताले अनलाइन कारोबारका लागि युजर पासवर्ड लिएकोमा त्यो संख्या बढेर भदौ गतेसम्म ६४ हजार ६१६ पुगेको छ । साउन लागेयता नै अनलाइन प्रयोगकर्ताको संख्या दोब्बर पुगको पुगेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १८ लाख ४८ हजार ३५९ डिम्याट खाता खुलेका छन । पछिल्लो दुई सातामा डिम्याट खाता खोल्नेको संख्या पनि ४० हजार बढीले बढेको छ ।

यीमध्ये ५ लाख बढी लगानीकर्ताले प्राथमिक बजारमा शेयर भर्ने गरेका छन् । पछिल्लो चरणमा निष्कासन भएको आइपीओमा ५ लाख ८९ हजारसम्म आवेदन परेको पाइएको छ । यसबाट पनि प्राथमिक बजारमा साढे ५ लाख बढी सक्रिय लगानीकर्ता रहेको देखिन्छ । यी मध्येमा दोस्रो बजारमा सक्रिय कारोबार गर्ने लगानीकर्ताको संख्या २ लाख ८७ हजार देखिन्छ ।

कुन ब्रोकरमा कति अनलाइन प्रयोगकर्ता ?

नेप्सेका अनुसार अनलाइन ग्राहक सबैभन्दा बढी ब्रोकर नं ५८ नासा सेक्युरिटीजमा ५ हजार २७६ रहेका छन् । यस्तै दोस्रोमा रहेको ब्रोकर नं ४२ सनी सेक्युरिटीजमा ४ हजार ९८८ अनलाइन प्रयोगकर्ता छन् । ब्रोकर नं ३८ दिपशिखामा ४ हजार ८०५ अनलाइन प्रयोगकर्ता रहेका छन् । ब्रोकर नं ३४ भिजन सेक्युरिटीजमा मात्रै ३ हजार ४५२ अनलाइन ग्राहक रहेका छन्। । हालसम्म ५ ब्रोकरमा ३ हजार बढी अनलाइन ग्राहक छन्। ।

सबैभन्दा कम ब्रोकर नं १८ सगरमाथा सेक्युरिटीजका अनलाइन प्रयोगकर्ता १६८ रहेका छन । २ ब्रोकर कम्पनीमा हालसम्म पनि अनलाइन प्रयोगकर्ताको संख्या ३०० नाघ्न सकेको छैन । ९ ब्रोकर कम्पनीमा अनलाइन प्रयोगकर्ता ५०० भन्दा कम रहेका छन ।

MEMBER_CODE MEMBER_NAME OnlineClient ActiveClient  
         
58 Naasa Securities Co. Ltd. 5276 9913  
42 Sani Securities Company Ltd. 4988 10874  
38 Dipshikha Dhitopatra Karobar Co. Pvt Ltd. 4805 14672  
34 Vision Securities Pvt. Ltd 3452 8368  
35 Kohinoor Investment & Securities Pvt. Ltd. 3194 3848  
49 Online Securities Pvt. Ltd. 2408 9353  
41 Linch Stock Market Ltd. 2386 8170  
48 Trishakti Securities Public Limited 2306 5881  
57 Aryatara Investment & Securities 1983 8294  
45 Imperial Securities Company Pvt. Ltd. 1951 11088  
52 Sundhara Securities Limited 1924 4377  
22 Siprabi Securities Pvt. Ltd. 1483 6160  
25 Sweta Securities Private Limited 1386 4202  
51 Oxford Securities Pvt. Ltd. 1316 4982  
32 Premier Securities Company Ltd. 1169 6093  
17 ABC Securities Private Limited 1111 7875  
21 Midas Stock Broking Company Private Limited 1109 9154  
14 Nepal Stock House (PVT) Ltd. 1102 5570  
36 Secured Securities Ltd. 1080 4307  
44 Dynamic Money Managers Securities Pvt. Ltd. 1066 8820  
50 Cristal Kanchanjanga Securites Pvt. Ltd. 1034 2737  
56 Sri Hari Securities Pvt. Ltd. 1008 5735  
46 Kalika Securities Pvt. Ltd. 983 3231  
7 J.F. Securites (PVT) Ltd. 981 3727  
29 Trisul Securities & Invt. Ltd. 946 6916  
53 Investment Management Nepal Pvt. Ltd. 893 2484  
55 Bhrikuti Stock Broking Co. Pvt. Ltd. 836 3090  
59 Deevyaa Securities & Stock House Pvt. Ltd 809 5000  
26 Asian Securities Private Ltd. 792 5996  
16 Primo Securities (PVT) Ltd. 756 6840  
47 Neev Securities Pvt. Ltd. 731 5177  
6 Agrawal Securities (PVT) Ltd. 715 6841  
4 Opal Securities Investment (PVT) Ltd. 688 3002  
39 Sumeru Securities Pvt. Ltd. 648 10593  
28 Shree Krishna Securities Ltd. 620 6839  
1 Kumari Securities Private Limited 599 6043  
5 Market Securities & Exchange (PVT) Ltd. 593 2596  
43 South Asian Bulls Pvt. Ltd. 556 4253  
33 Dakshinkali Investment & Securities Pvt. Ltd. 550 3595  
54 Sewa Securities Pvt. Ltd. 536 2459  
37 Swarna Laxmi Securities Pvt. Ltd. 519 3792  
13 Thrive Brokerage House Pvt. Ltd 472 3717  
11 Malla & Malla Stock Broking Company Pvt. Limited 453 3426  
40 Creative Securities Pvt Ltd 437 6608  
10 Pragyan Securities (PVT) Ltd. 417 5343  
19 Nepal Investment And Securities Trading Private Limited 408 3895  
8 Ashutosh Brokerage & Securities (PVT) Ltd. 351 4356  
3 Arun Securities (PVT) Ltd. 346 1307  
20 Sipla Securities Private Limited 276 3405  
18 Sagarmatha Securities Private Limited 168 2850  
  Total 64616 287854  

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।