राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरको छ । सङ्घीय सांसदको प्रतिनिधि सभाको सचिवालयले सूचना जारी गर्दै लामिछाने सांसद पदबाट निलम्बन भएको जनाएको हो ।
चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको जानकारी नेपाल प्रहरीले गराएसँगै सचिवालयले लामिछानेलाई निलम्बन गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट सभामुखलाई सम्बोधन गरी पत्र पठाएपछि लामिछाने निलम्बित भएको सचिवालयले जनाएको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा “प्रचलित कानून बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर र मुद्दाको किनारा नभएसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया