हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता


काठमाडौँ । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको छ।

गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै सदस्यतालाई विभिन्न तहमा वर्गीकरण गरी सोहीअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार ग्राहकलाई सिल्भर, गोल्ड र डाइमन मेम्बरसीप गरी तीन तहमा वर्गीकरण गरिएको छ। सम्झौताअनुसार आगामी बडादशैंको घटस्थापनादेखि यी सदस्यता तहअनुसार दुर्घटना बीमा सुविधा लागू हुनेछ।

सिल्भर अन्तर्गतका ग्राहकले १ लाख रुपैयाँसम्म, गोल्ड अन्तर्गतका ग्राहकले ५ लाख रुपैयाँसम्म र डाइमन अन्तर्गतका ग्राहकले १० लाख रुपैयाँसम्म दुर्घटना बीमा सुविधा पाउने कम्पनीले जनाएको छ।

हिमालयन बुलियनका अनुसार ग्राहकको सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग यो सम्झौता गरिएको हो। कम्पनीले गरगहना खरिदसँगै ग्राहकलाई अतिरिक्त सुरक्षा सुविधा उपलब्ध गराउने प्रयासस्वरूप बीमा सुविधा सुरु गर्न लागेको जनाएको छ।

कम्पनीले आगामी घटस्थापनादेखि लागू हुने यो योजनाले ग्राहकको विश्वास र सुरक्षा दुवैलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।