कारोबार प्रणालीमा समस्या आएको बजारमा डेढ अर्ब बढीको शेयर किनबेच

0
Shares

नेपाल स्टक एक्सचेन्जको अनलाइन कारोबार व्यवस्थापन प्रणालीमा समस्या आँउदा समेत आइतबार उत्साहजनक शेयर काराबोर भएको छ । यसदिन एक अर्ब ६१ करोड बढीको शेयर किनबेच भएको छ ।

आइतबार बजार खुलेको केहिबेरमा ट्रेडिङ म्यानेजमेन्ट सिस्टम टिएमएसमा समस्या देखापरेपछि २ घण्टा बढी समय बजार अवरुद्ध भएपछि कारोबार अवधि दुई घण्टा थप गरिएको थियो ।

दिनभरजस्तो उतार-चढाव भोगेको नेप्से अन्ततस् ४.६४ अंकले बढेर १ हजार ४६२ दशमलव ६७ बिन्दुमा बन्द भएको छ। आइतबार १८६ कम्पनीको ३६ लाख ८५ हजार ९६३ कित्ता शेयर ३३ हजार ९७३ पटक कारोबार भयो। यसबाट १ अर्ब ६१ करोड ४५ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ। गत बिहीबार १ अर्ब ९८ करोड १७ लाख ६१ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको थियो ।

TOP GAINERS 

Symbol LTP Point Change % Change
As of 2020-08-30 17:15:00
NRN 405.00 36 9.76
NRIC 770.00 61 8.60
SIL 754.00 57 8.18
USLB 684.00 51 7.98
HPPL 155.00 11 7.64
AKPL 127.00 9 7.63
RHPC 89.00 5 5.95
GGBSL 852.00 46 5.71
PRIN 599.00 32 5.64
RRHP 97.00 5 5.43

आइतबार कारोबारमा आएका वाणिज्य बैंक, विकास बैंक तथा म्युचुअल फण्ड बाहेक बाँकी अन्य उप समूहको सूचक सकारात्मक रहेका छन् ।  निषेधाज्ञाकै अवस्थामा अनलाइनका माध्यबाट घरबाटै शेयर कारोबार गर्ने अवस्थामा पनि दैनिक करिब डेढ अर्ब बढीको कारोबार हुनुले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको देखिन्छ । अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त भएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।

साथै केहि समय अगाडि सार्वजनिक निष्काशन भएका प्राथमिक शेयरहरु १० कित्ताका दरले दोस्रो बजारमा किनबेच हुँदा कारोबार संख्या र कित्ता समेत बढ्न थालेको छ । ब्रोकरबाट भन्दा लगानीकर्ताको आफ्नै हातबाट अनलाइन मार्फत धेरै संख्यामा कारोबार हुन थालेपछि कारोबार संख्या, शेयर कित्ता तथा रकममा समेत सुधार आइरहेको हो।

TOP STOCK TRUNOVER

Symbol Turnover Closing Price
As of 2020-08-30 17:15:00
NRIC 343,210,235.00 770.00
NRN 118,490,130.00 405.00
NIL 84,450,177.00 776.00
SHIVM 78,989,580.00 686.00
SLICL 52,479,146.00 564.00
NLIC 51,314,308.00 1,366.00
PIC 39,451,706.00 737.00
SIL 34,106,721.00 754.00
FMDBL 33,922,450.00 563.00
NICL 33,494,158.00 529.00

निषेधाज्ञाका कारण लगानीका अन्य क्षेत्र संकुचित हुँदा बैंकहरुबाट कर्जा प्रवाह ठप्पजस्तै छ। जसले बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता रहेको र ब्याजदर समेत घटेको अवस्थामा पूँजी बजारमा सकारात्मक प्रभाव परिरहेको देखिन्छ । पछिल्लो समयमा बैंकहरुमा निक्षेप थुप्रिएको अवस्था छ भने लगानी गर्ने अवसर पाउन सकेका छैनन् । बैंकमा सस्तो दरमा निक्षेप राख्नुभन्दा शेयर बजारमा गरिने लगानीबाट बैंक ब्याजभन्दा धेरै रिर्टन पाइने अवस्थाले बजार बढाएको विश्लेषकहरु बताउँछन् ।

आइतबार कारोबारमा आएका कम्पनीमध्ये नेपाल रि(इन्स्योरेन्सको उच्च कारोबार भएको छ। कम्पनीको ४ लाख ३८ हजार ६८० कित्ता शेयर ३१ करोड ४० लाख रुपैयाँमा खरीद बिक्री भएको छ।

धितोपत्रको दोस्रो बजारमा गत बुधबारदेखि शेयर कारोबार सुरु भएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा तेस्रो दिनको कारोबारमा पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ३६ रुपैयाँले बढेर प्रतिकित्ता ४०५ रुपैयाँ पुगेको छ।

यस्तै रिइन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, उन्नती सहकार्य लघुवित्त लगायतको शेयर मूल्य बढेको छ । यस्तै तारा गाँउ रेजन्सी होटलको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।