वीर अस्पतालको सेवा दुई दिन पूर्ण रुपमा बन्द गरिने, ७१ कर्मचारीमा कोराना संक्रमण

0
Shares

वीर अस्पतालमा कार्यरत थप १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले २ दिन सेवा बन्द गर्ने भएको छ ।

ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले मङ्गलबार मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताए।

उनले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताए । साथै सो अवधिमा इर्मजेन्सी, इन्डोर सेवा तथा ल्याब सेवा र प्रशासन शाखाहरु भने सूचारु रहने अस्पतालले जनाएको छ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।