एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाइधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तय भएको छ ।
दुबै म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनार्थ भदौ २५ गते आइतबार एकदिनका लागि बुकक्लोज मिति तोकेको छ । यसअनुसार भदौ २२ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया ग्रोथ फण्डले गत आर्थिक वर्ष २०७६/७७ बाट इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) बराबरको १० करोड २ लाख २४ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसैगरि एनआईसी एशिया ब्यालेन्स्ड फण्डले आर्थिक वर्ष २०७६/७७ बाट इकाईधनीहरुलाई ८ प्रतिशत (कर सहित) बराबरको ६ करोड ४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाइधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया