अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार राजीनामा दिएपछि शेयर बजारमा दशैं आउने आम लगानीकर्ताको मनोभावको विपरित आइतबार शेयर बजारमा एकैदिन ५२.४६ अंकको उतार चढाव आएको छ।
शुक्रबार खतिवडाले अर्थमन्त्रालयबाट बाहिरिँदै गर्दा धेरैले शेयर बजारमा बुलिस ट्रेण्ड सुरु हुने र शेयर बजारले गति लिने आम अपेक्षाका विपरित आइतबारको बजार भने विपरित दिशातर्फ गएको हो । यसले अर्थमन्त्रीले छोड्नासाथ शेयर बजार उच्च दरले बढ्ने विश्लेषण समेत गलत साबित भएको छ ।
आइतबार प्रि ओपनिङ्ग सेसनमा नै ४२ अंकले बढेको बजारमा बिक्री चाप उच्च आउँदा नियमित कारोबारमा भने सुरुवातदेखि नै घट्न थालेको नेप्से बन्द हुने बेलासम्म १०.४५ अंक गरी कूल ५२.४६ अंकले घटेको हो । यसदिन ५२ अंकको उतार चढाव देखा पर्यो ।
ठूलो कारोबारीहरुले बजार बढाएर ठूलो कित्ताको शेयर कारोबार गराउन खोज्दा पनि शेयर बजारमा उच्च बिक्रीचाप आएको थियो । अर्कोतर्फ अघिल्लो साता ५२.५३ अंकले नेप्से बढेपछि आएको नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजार नकारात्मक बनेको हो ।
आज १९१ कम्पनीको ७० लाख २८ हजार ९९० कित्ता शेयर २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँमा खरीद बिक्री भएको छ । कारोबारमा आएको १२ उपसमूहका सूचकमध्ये ब्यापार र म्युचुअल फण्डको सूचक बाहेक सबै १० वटै उपसमूहका सूचक ऋणात्मक बनेका छन् ।
आइतबारको बजारबारे शेयर लगानीकर्ता नबिन केसी भन्छन् “खतिवडाले गर्दा बजार घटेको हैन, खतिवडालाई हतियार बनाएर बजारमा चलखेल गरिएको हो । ”
पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरै बढ्यो
ऋणात्मक बजारमा पनि पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको छ । यसदिन उन्नति सहकार्य लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी विद्युत कम्पनी, र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको हो ।
नेपाल हाइड्रो डेभलोपर, अरुण काबेली पावर, रिडी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत धेरैले बढ्दा नाडेप लघुवित्तको पनि ४.४६ प्रतिशतले बढोत्तरी भएको छ ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-09-06 15:00:00 | |||
USLB | 999.00 | 90.00 | 9.90 |
AHPC | 123.00 | 11.00 | 9.82 |
JOSHI | 79.00 | 7.00 | 9.72 |
RADHI | 228.00 | 20.00 | 9.62 |
UPCL | 92.00 | 8.00 | 9.52 |
NHDL | 160.00 | 10.00 | 6.67 |
AKPL | 177.00 | 10.00 | 5.99 |
RHPC | 103.00 | 5.00 | 5.10 |
AKJCL | 63.00 | 3.00 | 5.00 |
NADEP | 679.00 | 29.00 | 4.46 |
View All |
एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्यमा नकारात्मक सर्किट
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आइतबार खुला भएको भन्दा ९.८७ प्रतिशत अर्थात प्रतिकित्ता ५३ रुपैयाँ घटेर ४८४ रुपैयाँमा बन्द भएको छ।
प्रि ओपनिङ्ग कारोबारमा ५ प्रतिशतले बढेको कम्पनीको शेयरमूल्य नियमित समयमा थप ५ प्रतिशतले बढेपछि ५९० रुपैयाँसम्म पुगेकोमा १०६ रुपैयाँसम्म घटेको हो ।
यसैगरी रसुवागढी हाइड्रोपावर, हिमाल दोलखा, छ्याङ्दी हाइड्रोपावर, श्री इन्भेष्मेन्ट फाइनान्स, साधना लघुवित्त, विजय लघुवित्त, शिवम् सिमेन्ट र साञ्जेन जलविद्युतको शेयरमूल्य पनि घटेको छ ।
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-09-06 15:00:00 | |||
NRN | 484.00 | -53.00 | -9.87 |
RHPL | 161.00 | -9.00 | -5.29 |
HDHPC | 95.00 | -4.00 | -4.04 |
CHL | 101.00 | -4.00 | -3.81 |
SIFC | 154.00 | -6.00 | -3.75 |
MPFL | 106.00 | -4.00 | -3.64 |
SDLBSL | 830.00 | -28.00 | -3.26 |
VLBS | 935.00 | -29.00 | -3.01 |
SHIVM | 704.00 | -21.00 | -2.90 |
SJCL | 146.00 | -4.00 | -2.67 |
नेपाल रि इन्स्योरेन्सको उच्च कारोबार
आजको कारोबारमा नेपाल रि इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । रि इन्स्योरेन्सको ४ लाख ५५ हजार १२८ कित्ता शेयर ४ हजार २९४ पटक शेयर खरीद बिक्री हुँदा ४० करोड १३ लाख रुपैयाँको कराोबार भएको छ।
यस्तै नेपाल बैंकको ११ करोड ७३ लाख, नेको इन्स्योरेन्सको १० करोड १ लाखको शेयर कारोबार भयो। अरुण काबेली पावरको ८ करोड ८३ लाख, शिखर इन्स्योरेन्स, शिवम् सिमेन्ट, नागरिक लगानी कोष, नेपाल लाईफ हिमालयन डिष्टलरी, र एनआईसी एशिया बैंक पनि शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको एनआईसी एशिया बैंकको ६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-09-06 15:00:00 | |||
NRIC | 401,301,084.00 | 871.00 | |
NBL | 117,352,986.00 | 304.00 | |
NIL | 100,154,459.00 | 790.00 | |
AKPL | 88,233,269.00 | 177.00 | |
SICL | 82,558,525.00 | 1,353.00 | |
SHIVM | 78,448,561.00 | 704.00 | |
CIT | 78,382,088.00 | 3,011.00 | |
NLIC | 70,374,187.00 | 1,374.00 | |
HDL | 70,273,982.00 | 1,780.00 | |
NICA | 68,001,265.00 | 588.00 |
प्रतिक्रिया