नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई कम्पनीको ७७ लाख ८३ हजार कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार प्रुडेन्सियल इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । इन्स्योरेन्सको २०७६ फागुन १८ गतेदेखि २०७७ असार १९ गतेसम्म हकप्रद जारी गरेर असार ३१ गते बाँडफाँड गरेको थियो । 

यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ३९ लाख ३४ हजार ३५६ दशमलव १९ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकको २०७७ असार १२ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो। उक्त बोनस जेठ ३२ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन्।

आइतबार सूचीकृत भएका दुबै कम्पनीको शेयर अब सोमबारदेखि लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भदौ २०७७, आइतबार  १६ : ५८ बजे