काठमाडौं । लिबर्टी ईनजी कम्पनी लिमिटेडले बुधबारदेखि सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।
कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजदेखि माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश ः जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
प्रतिक्रिया