एक्यानले मंगलबार बैंकहरुमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्तरक्रिया गर्दै 

0
Shares

नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ले भाद्र २३ गते मंगलबार दिउँसो ४ बजे देखि ६ः३० सम्म बैंकहरुमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा प्रमुख वक्ताका रुपमा जोखिमको आधारमा आन्तरिक लेखापरीक्षणको आवश्यकताको बारेमा बताउने भएका छन् ।

जोखिमको आधारमा हुने आन्तरिक लेखापरीक्षणले संस्थाको जोखिम सम्बन्धी प्रारुपको आधारमा आन्तरिक लेखा परीक्षण कार्य सञ्चालन गर्ने र सञ्चालक समितिलाई संस्थाको जोखिम वहन क्षमता, संस्थाले जोखिम न्यूनीकरणको लागि अवलम्बन गरेका कार्यहरु र हाल अवलम्बन गरेका कार्यहरु यथेष्ट छ छैन भन्ने विस्तृत जानकारी गराउने रहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी जानकारी दिए ।

कार्यक्रममा मर्जर इन्डिया एलएलपीका पार्टनर चन्द्र सेखरले योजनागत आधारमा गरिने आन्तरिक लेखापरीक्षणको कमीकमजोरी, जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको लागि आवश्यक तयारी, जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको आशातित नतिजा, नेपालमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको चुनौतिहरु विषयवस्तु माथि प्रस्तुति राख्नेछन् ।

अहिलेको महामारीमा अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको, संघ संस्थाको कार्यालय भ्रमण तथा भौतिक परिक्षण चुनौतिपूर्ण भएको अवस्थामा जोखिम मुल्यांकन महत्वपूर्ण रहेको र यसमा आधारित भएर लेखापरीक्षण गर्नु को विकल्प नभएको सन्दर्भमा यो कार्यक्रम सम्पूर्ण सूचीकृत सस्थाहरुलाई महत्व रहने संघका उपाध्यक्ष सीए रमेश धितालले बताए ।

अन्तरक्रियामा नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंकका प्रमुख आन्तरिक लेखापरीक्षकहरुले हालको प्रचलित अभ्यासको बारेमा प्रकाश पार्ने छन् भने , स्टान्डर्ड चार्टर्ड बैंकका प्रमुख आन्तरिक लेखापरीक्षक प्रसाद भण्डारीले कार्यक्रम संचालन गर्नेछन् ।  अन्तरक्रिया भाद्र २३ गते मंगलबार दिउँसो ४ बजे देखि ६ः३० सम्म हुन गइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।