नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पौने ६ अर्बमा सीमित


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक १.८३ अङ्कले बढेर २५९५.९६ को बिन्दुमा कायम भएको हो ।

बुधबार दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ रुपैयाँ बराबरकोको कारोबार भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा थोरै हो । सोमबार नेप्सेमा ६ अर्ब भन्दा धेरैको कारोबार भएको थियो ।

बुधबारको कारोबारमा बैंकिङ समूह ०.८१, वित्त ३.४८, लगानी ०.०७ , लघुवित्त ०.५२, म्युचुअल फण्ड ०.१७ र निर्जीवन बिमा ०.४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक १.०८, होटल तथा पर्यटन १.६३, जलविद्युत् १.७६, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४८, व्यापार ०.०१ र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ४९ लाख ४४ हजार सात सय १८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार चार सय २१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८१, बुधबार  १६ : १३ बजे