नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु


लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । “अहिलेसम्म मृत्यु हुनेको संख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी)का प्रमुख कुमार सुक्वामले एएफपीसित टेलिफोनमा भने ।

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १० बजे डिक्को जंकसनमा दुर्घटनाग्रस्त भएको बताए । “अधिकांश पीडित चिन्न नसकिने गरी जलेका थिए,” उनले भने, “हामी चिजहरू स्पष्ट गर्न घटनास्थलमा छौँ ।”

गम्भीर आर्थिक संकटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । रासस

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार  ०८ : ३१ बजे