रिलायन्स लाइफको शेयर आजदेखि नेप्सेमा किनबेच हुने, ओपनिङ्ग रेञ्ज तोकियो

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेडको शेयर आजदेखि नेप्सेमा किनबेच गर्न पाइने भएको छ ।

कम्पनीले भदौ २२ गते नेपाल स्टक एक्सचेञ्जमा २ करोड १० लाख कित्ता शेयर सूचीकृत गराएको छ । कम्पनीको ६३ लाख कित्ता साधारण शेयर सहत कूल २ करोड १० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । कम्पनीमा शेयर संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण शेयर अनुपात रहेको छ। 

सोमबार नेप्सेमा शेयर सूचीकरण भएसँगै मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि अधिकतम ३२२.७७ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज दिएको छ ।

नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गर्छ । यसअनुसार कम्पनीको शेयर यहि रेञ्जबाट पहिलो कारोबार सुरु हुनेछ । इन्स्योरेन्सको शेयर कारोबारका लागि नेप्सेले आरएलआई कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीले जारी गरेको आईपीओ शेयरधनीको डिम्याट खातामा शुक्रबार नै शेयर जम्मा गरिसकेको छ ।

भदौ ४ देखि ८ गतेसम्म इन्स्योरेन्सले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर ९आइपीओ० मध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

उक्त आईपीओ ५ लाख ६७ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका थिए । आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन गरेकोमा २० हजार ५०९ जना आवेदकको हात खाली भएको थियो भने १ हजार ९५५ वटा आवेदनहरु रद्द भएका थिए ।

कम्पनीले सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । यससँगै रिलायन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सनराइज क्यापिटल कमलपोखरी मार्फत हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ भाद्र २०७७, मंगलबार  ०८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।