गत साताको बिहीबारदेखि ऋणात्मक रहेको नेप्से मंगलबार सकारात्मक भएको छ। आज कारोबारमा आएका १९० कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट र एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
मंगलबारको बजारमा साल्ट ट्रेडिङ कम्पनी, उन्नति सहकार्य लघुवित्त, एनआरएन लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेर सकारात्मक सर्किट लागेको छ ।
चिलिमे जलविद्युत कम्पनी, नागरिक लगानी कोष मञ्जुश्री फाइनान्स, घोडीघोडा लघुवित्त र आशा लघुवित्तको शेयरमूल्य ६ प्रतिशत धेरैले बढ्दा रिलायन्स लाइफ, शिवम् सिमेन्टस्, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि ५ प्रतिशत धेरै कमाएका छन् ।
यसैगरी सबैको लघुवित्त, महिला सहयात्रा लघुवित्त, सूर्योदय लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर, र इन्फिनिटी लघुवित्तको शेयरमूल्य पनि बढेका छन्। बीसौं धेरै शेयरमूल्य बढेको इन्फिनिटीको २.६५ प्रतिशतले शेयरमूल्य बढेर ८०५ रुपैयाँ पुगेको छ ।
यसदिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य झण्डै दश प्रतिशतले घटेको छ । कम्पनीको शेयर ४३ रुपैयाँले घटेर ३९३ रुपैयाँमा झरेको छ ।
यसैगरी पञ्चकन्या माइ, आँखुखोलाको ५ प्रतिशत धेरैले मूल्य घट्दा घलेम्दी, युनिर्भसल पावर, रैराङ्ग, दीब्यश्वरी, पाँचथर पावर, युनाइटेड मोदी हाइड्रोपावर र पोखरा फाइनान्सको शेयरमूल्य घटेको छ । दशौं ठूलो शेयरमूल्य घटेको पोखरा फाइनान्सको २.६५ प्रतिशतले घटेको छ ।
कालिका पावर, माउन्टेन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, श्री इन्भेष्ट फाइनान्स, बरुण हाइड्रोपावर, बेष्ट फाइनान्स, राधी विद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, र एनआईबिएल प्रगति फण्डको इकाइमा लगानी गरेका लगानीकर्ता पनि आज शीर्ष गुमाउने २० कम्पनीभित्र समेटिएका छन् ।
प्रतिक्रिया