चालु आर्थिक वर्ष सुरु भएयता साउन महिनामा मात्रै एक अर्ब ४० करोड ५ लाख ७१ हजार ३०८ रुपैयाँ बराबरको १ करोड ४० लाख ५ हजार ७१३ कित्ता बोनस शेयर नेपाल धितोपत्र बोर्डमा दर्ता (रजिष्ट्रेशन) भएको छ ।
शेयर बजारमा प्राथमिक निष्काशन बाहेक करिब साढे १ अर्बको बोनस शेयर थपिएपनि दोस्रो बजारमा भने त्यसको असर न्यून नै रहेको छ । बैंकिङ्ग प्रणालीमा प्रयाप्त तरलता रहेकाले बैंक ब्याजदरमा आएको संकुचन र लकडाउन र निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग ठप्प प्राय रहेको अवस्थाले पनि शेयर बजारमा आपूर्ति थपिएपनि माग कायम नै रहेकाले शेयर बजारमा ठूलो असर देखिएको छैन ।
बोर्डका अनुसार १५ कम्पनीको गरी सो बोनस रजिष्ट्रेशन भएको हो । बोर्डका अनुसार समता लघुवित्तको चुक्ता पूँजीको १५ प्रतिशत, स्पर्स लघुवित्तको १३, नयाँ नेपाल लघुवित्तको १३, समीट लघुवित्तको २१.०९, ग्लोबल आइएमई लघुवित्तको १७.५०, नेपाल बंगलादेश बैंकको ५, एक्सेल डेभलपमेन्ट बैंकको १७.१०, छ्याङ्दी हाइड्रोपावरको ५, वोमी लघुवित्तको १०.५३, नेपाल इन्स्योरेन्सको ५, आइएमई जनरल इन्स्योरेन्स र सप्तकोशी डेभलपमेन्ट बैंकको समान ६ प्रतिशत रहेको छ ।
यसैगरी नागरिक लगानी कोषको २२ प्रतिशत, प्राइम लाइफको १२.५० प्रतिशत, र सर्पोट लघुवित्तको चुक्ता पूँजीको १० प्रतिशत बराबरको बोनस शेयर बोर्डमा सूचीकृत भएको हो ।

बोर्डमा रजिष्ट्रेशन गराएका १५ कम्पनीमध्ये नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै ४० लाख ७६ हजार १२६ कित्ता शेयर रहेको छ भने कम्पनीको सबैभन्दा कम सर्पोट लघुवित्तको ६० हजार कित्ता रहेको छ ।
भदौ ४ गतेदेखि सरकारले गरेको निषेधाज्ञाका कारण बोर्डमा भदौ महिनाको अद्यावधिक विवरण भने बोर्डले उपलब्ध गराएको छ । बोर्डको सूचीमा भदौ २ गतेसम्मको मात्र विवरण राखिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया