जापानमा डिपार्टमेन्ट स्टोरको बिक्री बढ्यो


काठमाडौँ । जापानभरका डिपार्टमेन्ट स्टोरहरूले बिक्रीमा बृद्धि भएको जानकारी दिएका छन् । जापान डिपार्टमेन्ट स्टोर्स एसोसिएसनका अनुसार वर्षको लागि कुल बिक्री ५.७७२२ ट्रिलियन येन पुगेको छ, जुन सन् २०१९ मा देखिएको भन्दा बढी रहेको छ ।

बिक्री अघिल्लो वर्षको तुलनामा ६।८ प्रतिशत र सन् २०१९ को तुलनामा ३।६ प्रतिशतले बढेको थियो । कस्मेटिक्स, घडी र गहना जस्ता वस्तुहरूको माग बढेकोले विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

करमुक्त बिक्री पनि लगातार दोस्रो वर्षको रेकर्ड उच्चमा पुगेको छ,जुन अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी रहेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार  ०९ : २३ बजे