रविको मुद्दामा रुपन्देही अदालतमा बहस सकियो, आजै आदेश आउने


काठमाडौँ । सुप्रिम सहकारीको रकम अपचलनमा ठगीसम्बन्धी मुद्दाको बहस सकिएको छ । आइतबार रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको पक्षमा कानुन व्यवसायीले बहस सकेका हुन् ।

दुई पक्षको बहस सकिए र सवालजवाफ पनि सकिएकाले अब आदेश आउने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।

आइतबार लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस गरेका थिए ।

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार  १७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।