प्रि-ओपनिङ्ग कारोबारः १६ कम्पनीको शेयरमूल्य ४% धेरै बढ्यो, ७ को स्थीर

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको दोस्रो कारोबार दिन सोमबार कारोबारमा आएका ३४ शेयर कारोबारमा आएकोमा २५ कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको छ । ७ कम्पनीके शेयरमूल्य स्थीर रहँदा २ कम्पनीको मात्र घटेको छ ।

यस अवधिमा युनिभर्सल पावर, र सिद्धार्थ बैंकको शेयरमूल्य घटेको छ भने अपर तामाकोशी, एशियन लाइफ, नागरिक लगानी कोष, प्रुडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, लक्ष्मी उन्नति कोष, नेपाल एसबिआई डिबेञ्चर २०८६ को मूल्य स्थीर रहेको हो ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३४ कम्पनीका ४ हजार ६१६ कित्ता शेयर १५ लाख ४९ हजार ७८५ रुपैयाँमा खरीद बिक्री भएका छन्।
यस अवधिमा नेप्से ८.४४ अंकले बढेर १५४५.६९ बिन्दुमा बन्द भएको छ।

प्रकाशित मिति: २९ भदौ २०७७, सोमबार  १० : ५१ बजे