लगातार तेस्रो दिन पनि सुनको मूल्यमा उच्च वृद्धि


काठमाडौँ । सुनको मूल्य लगातार तेस्रो दिन पनि उच्च मूल्यले वृद्धि भएको छ । मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २२ सय रुपैयाँले बढेको थियो । आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८६९.७६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।