दोर्दी खोला जलविद्युतलाई हकप्रद निष्काशनको अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीले माघ २२ गते १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।

यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।