शेयर बजार परिसूचक मापक नेप्सेमा छैटौं दिनमा आएर साढे ४ अंकको करेक्शन आएको छ । पाँच कारोबार दिनसम्म लगातार बढिरहेको सूचक छैटौं दिनमा घटेसँगै शेयर लगानीकर्ताले घट्दो मूल्यमा शेयर बेच्न नचाहँदा कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ।
यसअघि भदौ २२ गते सोमबार १२ अंकले घटेपछि सूचक ५२ अंकले बढेको थियो। छैटौं दिन मंगलबार आएर ४.४७ अंकले घट्न पुगेको हो। आज १९१ कम्पनीका ५७ लाख ९ हजार २६१ कित्ता शेयर २८ हजार ३३ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ७९ करोड ३७ लाख ७४३ रुपैयाँ पुगेको छ ।
यो रकम सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ४१ करोड ६७ लाख रुपैयाँले घटेको हो । लगानीकर्ताले घट्दो मूल्यमा आफ्नो लगानीको शेयर बिक्री गर्न नचाहँदा कारोबार रकममा उच्च गिरावट आएको हो ।
आज कारोबारमा आएका १२ उप समूहका समूहगत परिसूचकमध्ये जीबन बीमा, होटल र म्युचुअल फण्डको सूचक मात्र सकारात्मक भएका छन् भने बाँकी ९ वटै सूचक घटेका छन् । ब्यापार सूचक १ प्रतिशत धेरैले घटेको छ ।
नेपाल रि-इन्स्योरेन्सको उच्च कारोबार
सधैजसो नेपाल रि इन्स्योरेन्सको मंगलबार पनि ११ करोड २१ लाख रुपैयाँको उच्च कारोबार भएको छ । कम्पनीको नजिकिँदो साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक चुनिने भएको तथा गत आवदेखि लाभांश वितरण गर्न नपाउने बन्देज हटेकाले पनि लाभांशको आशामा पनि लगानीकर्ताले सो कम्पनीको शेयरमा लगानी बढाइरहेका छन् ।
कारोबार संख्याको आधारमा एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै २ हजार ६८९ वटा र कारोबार कित्ताको आधारमा कुमारी बैंकको ३ लाख ३४ हजार ३५४ कित्ता कारोबारमा आयो ।
यसैगरी नेको इन्स्योरेन्स, कुमारी बैंक, र नेपाल लाइफको साढे ६ करोडको शेयर कारोबार भएको बजारमा नेपाल बैंक र शिखर इन्स्योरेन्सको करिब ६ करोड र सूर्या लाइफ, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट र बैंक अफ काठमाण्डू पनि शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा समेटिएका छन्। दशौं ठूलो कारोबार भएको बिओकेएलको ३ करोड ५५ लाख ८७ हजारको शेयर कारोबार भयो ।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-09-15 15:00:00 | |||
NRIC | 112,182,897.00 | 881.00 | |
KBL | 65,105,045.00 | 195.00 | |
NIL | 65,064,034.00 | 826.00 | |
NLIC | 64,255,718.00 | 1,410.00 | |
NBL | 59,549,592.00 | 309.00 | |
SICL | 56,831,068.00 | 1,374.00 | |
SLICL | 43,784,501.00 | 631.00 | |
HDL | 38,760,715.00 | 1,799.00 | |
SHIVM | 35,922,263.00 | 722.00 | |
BOKL | 35,587,297.00 | 250.00 |
पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
आज कारोबारमा आएको १९१ कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । दिब्यश्वरी हाइड्रोपावर, एनआरएन लघुवित्त, रिलायन्स लाइफ, खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत धेरै बढेर सर्किट लागेको हो ।
यसैगरी युनियन हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, रैराङ हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य पनि ५ प्रतिशत धेरैले बढेको छ ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-09-15 15:00:00 | |||
DHPL | 66.00 | 6.00 | 10.00 |
NLBSL | 1,175.00 | 106.00 | 9.92 |
RLI | 546.00 | 49.00 | 9.86 |
KKHC | 67.00 | 6.00 | 9.84 |
GHL | 80.00 | 7.00 | 9.59 |
UNHPL | 85.00 | 7.00 | 8.97 |
AKJCL | 75.00 | 6.00 | 8.70 |
NHDL | 183.00 | 13.00 | 7.65 |
RRHP | 124.00 | 8.00 | 6.90 |
CMF1 | 11.14 | 0.57 | 5.39 |
माउन्टेन र राधी विद्युत कम्पनीका लगानीकर्ताले धेरै गुमाए
आजको बजारबाट माउन्टेन हाइड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत बढीले गुमाएका छन् ।
यसैगरी गोर्खाज फाइनान्स, एचआईडिसीएल, एनआईसी एशिया डिबेञ्चर ८३/८४, युनाइटेड मोदी, पञ्चकन्या माइ हाइड्रोपावर, पाँचथर पावर, सर्पोट माइक्रोफाइन्स र सबैको लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताले मंगलबारको बजारबाट २ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-09-15 15:00:00 | |||
MHNL | 98.00 | -5.00 | -4.85 |
RADHI | 239.00 | -10.00 | -4.02 |
GUFL | 124.00 | -5.00 | -3.88 |
HIDCL | 151.00 | -6.00 | -3.82 |
NICD83/84 | 1,010.00 | -40.00 | -3.81 |
ALBSL | 840.00 | -29.00 | -3.34 |
UMHL | 122.00 | -4.00 | -3.17 |
PMHPL | 96.00 | -3.00 | -3.03 |
PPCL | 137.00 | -4.00 | -2.84 |
SMB | 862.00 | -25.00 | -2.82 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया